News

Mar 22, 2009

हङकङका नेपालीहरु चरणवद्ध विरोधमा जाने फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ /प्रकास के.सी.
यही शनिबार, जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टको सभा कक्षमा हङकङ नेपाली महासँघको आयोजनामा सर्वसाधारणसहितको एक वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । गत १७ तारिख, शिरमा पुलिसको गोली प्रहार भई मृत्यु भएका घरबारविहीन दिलबहादुर लिम्बूको उक्त मृत्युलाई पुलिसको अत्यधिक शक्तिको प्रदर्शनको उपज मान्दै नेपाली समुदायले गम्भीर रुमा आपत्ति जनाउने भएको छ । सोही विरोधको लागि हिजो बसेको उक्त वृहत भेलाले चार उपसमितिसहित विरोधका कार्यक्रमहरुको योजना बनाएको छ ।नेपाली समुदायले पुलिसको त्रृटी औँल्याउँदै मृतको परिवारलाई न्याय दिलाउने लगायत मानवको बाँच्न पाउनु पर्ने अधिकारको हनन भएको ठहर गर्दै आर्थिक, कानूनी, जनपरिचालन र वाहृय गरी चार उपसमिति बनाएकोमा क्रमशः आर्थिक मामिला हेर्नको लागि नेपाल च्याम्वर अफ कमर्श, कानूनीलगायतको प्रकृया हेर्नको लागि यनआरयन हङकङ, जनपरिचालन विभाग हेर्नलाई हङकङ नेपाली महासँघ, वाहृय सहयोग लिने प्रकृयामा हंगकंगको मानवाधिकार समूह, राजनीतिक पार्टीलगायत अधिवक्ताहरु रहने छन् । यस सम्पूर्ण कार्यक्रमको प्रवक्ता गणेश इजम रहने छन् ।हिजो बसेको उक्त वैठकले यस घटना संघसंस्थाको मात्र नभई हङकङस्थित सम्पूर्ण नेपालीहरुको गम्भीर चासो भएको प्रमाणित गरेको छ । नेपाली समुदायको सोही गम्भीर चासोलाई नियमबद्ध किसिमले शान्तिपूर्वक चरणबद्ध विरोधहरु गर्नका लागि सम्वन्धित उपसमितिहरुबाट हङकङस्थित विभिन्न रुटहरुमा जुलुशको लागि पर्मिट लिने प्रकृया थालिसकेको छ ।स्मरणीय छ, मृतक लिम्बूका दाइ राम बहादुर लिम्बू भोलि सोमबार यूकेबाट आउँदैछन् भने, मृतक लिम्बूको सव क्वाइचोंगस्थित सवघरमा राखिएको छ ।

No comments: