News

Mar 22, 2009

झापामा प्रदर्शन निषेध बर्दीया र म्याग्दीमा कर्फ्यु जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर बर्दीयाको बबई बहुमुखि क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएपछि साँझ आठ बजेदेखि स्थानीय प्रशासनले गुलरीया नगरक्षेत्रमा कफ्र्यु जारी गरेको छ ।
त्यसैगरी जिल्ला परिषद्को विवादलाई लिएर वाईसीएल र युथफोर्सबीच झडप भएपछि पाँच बजेदेखि म्याग्दी सदरमुकाममा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । बबई बहुमुखि क्याम्पसको स्ववियु निर्वाचनमा अखिल र नेविसंघको संयुक्त प्यानल बिजयी भएपछि अखिल क्रान्तिकारीले धाँधली भएको आरोप लगाउँदै बिरोध प्रदर्शन गरेपछि दुई पक्षबीच झडप भएको हो । आइतबार बिहान बिजय जुलुशका क्रममा क्रान्तिकारी समर्थित विद्यार्थीले अखिल संयुक्तका विद्यार्थीलाई कुटपिट गरेपछि सदरमुकाम तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले बिहान चार वजेसम्म कफ्र्यु जारी गरिएको बताएको छ । त्यसैगरी म्याग्दीमा जिल्ला परिषद् विवादलाई लिएर युथ फोर्सले बजार बन्द गरेपछि झडप भएको थियो । झडपमा चार घाइते भएका छन् । झडपपछि पनि दुबै पक्षले छुट्टा-छुट्टै प्रदर्शन जारी राखेपछि भिड तितरबितर पार्न प्रहरीले सात राउण्ड हवाइ फायर समेत गरेको थियो । प्रशासनले शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालीन कफ्र्यु जारी गरिएको बताएको छ । यता, झापा जिल्ला प्रशासनले राष्ट्रिय एकता तथा अखण्डतामा प्रतिकूल असर पर्ने कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ । प्रशासनले विभिन्न संघ, संगठनका नामबाट राष्ट्रिय एकता र अखण्डतामा प्रतिकूल असर पर्ने गरी कार्यक्रम नगर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले आइतबार बिज्ञप्ती जारी गरि स्थानीय प्रशासन ऐन २०२८को दफा ६ को उपदफा ३ क अनुसार झापा जिल्लाभरलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन् । प्रतिबन्धले पल्लो किराँत राष्ट्रिय मंचले सोमबार सदरमुकाममा गर्ने सभा प्रभावित हुने भएको छ । मंचले गत बर्ष चैत्र १० गते स्वतन्त्र किराँत राज्यको घोषणा गरेको थियो । उक्त घोषणाको बाषिर्की अवसरमा मंचले दमकमा सभा गर्ने जानकारी गराएको थियो ।

No comments: