News

Mar 21, 2009

पूर्ब सांसद घाइते अनिश्चितकालीन कर्फ्यु आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीनदिनदेखि असामान्य रहेको धनकुटा सदरमुकाममा स्थानीय प्रशासनले शनिबार सांझदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्ववियु निर्वाचनको विषयमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीबीचको विवादले हिंसात्मक रुप लिएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामुप्रसाद उपाध्यायले जानकारी दिए ।अपरान्ह सदरमुकामको भीमसेनथानमा वाईसीएलले एमाले नेता तथा पूर्ब सांसद गोपाल गुरागाईलाई आक्रमण गरी गंभीर घाइते बनाएपछि स्थिति थप हिंसात्मक भएको हो । गुरागाईको टाउकोमा गंभीर चोट लागेको छ । उक्त घटनापछि त्यहांको स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रशासनले साझ ७ बजेदेखि सदरमुकाम तथा आसपासका स्थानहरुमा कर्फ्यु आदेश जारी गरेको हो । वाईसीएल आक्रमणबाट एमाले नेता गुरागाई सहित जिल्ला कमिटी सचिव टिकाराम चेम्जोङ्ग, अर्का नेता धर्मराज पौडेल पनि घाइते भएको एमालेले जनाएको छ । आक्रमणबाट क्षेत्रीय प्रशासन कार्यालयको को.१ झ ४५७ नंबरको सवारी साधनपनि क्षतिग्रस्त भएको छ । प्रहरीको साथमा रहेका नेताहरुमाथि भएको सो घटना सुनियोजित भएको र त्यसमा प्रहरी प्रमुखको समेत हात रहेको एमालेको आरोप छ । सांझ पत्रकार सम्मेलन गरी एमालेले आक्रमण कायरतापूर्ण भएको जनाउंदै दोषीलाई कारवाहिको माग गरेको छ ।

No comments: