News

Mar 20, 2009

लिम्बुवान संगठनहरुको बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीको गोलीबाट आफ्ना कार्यकर्ताको मृत्यु भएको बिरोधमा लिम्बुवान संगठनहरुले आव्हान गरेका बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । स्ववियु निर्वाचनका क्रममा झापाको धुलाबारीमा दुई दिनअघि मारिएका मणिल तामाङलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति लगायतका माग राख्दै प्रान्तिय परिषद्, संघीय लिम्बुवान राज्य परिषद् लगायत संगठनले अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेका हुन् । बन्दले मेची र कोसी तथा पूर्व-पश्चिम राजमार्गमा यातायात चलेका छैनन् ।यसैबीच, पिछिडा वर्ग महासंघले गरेको बन्दका कारण पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा यातायात संचालनमा आएको छैन ।

No comments: