News

Mar 19, 2009

झडपमा प्रहरीको गोलीबाट एकजना विद्यार्थीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्ववियु निर्वाचनको क्रममा झापाको चन्द्रगढीमा बिहीबार अपरान्हृ प्रहरी र विद्यार्थीबीच भएको दोहरो झडपमा प्रहरीको गोलीबाट एकजना विद्यार्थीको मृत्यु भएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी बिनोद सिंहले दिएको जानकारी अनुसार झापा महेशपुर घर भएका २५ वषिर्य मणि लामाको मृत्यु भएको छ । उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हो । स्थानीय क्याम्पसमा लिम्बुवान समर्थकहरु प्रवेश गरेर निर्वाचन बिथोल्न खोजेपछि दुई पक्षबीच झडप भएको सिंहले बताए ।पूर्वमा संघीय लिम्बुवान विद्यार्थी युनियनले स्ववियु निर्वाचन बहिष्कार गरेको छ ।यता,संखुवसभामा प्रहरीको गोली लागेर ५ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादी र एमाले कार्यकर्ताबीच स्ववियु निर्वाचनको विषयलाई लिएर भएको झडपमा प्रहरीले गोलीले गोली चलाएको हो । झडपमा ५ प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी प्रमुख सुर्यप्रसाद उपाध्याले जानकारी दिए ।

No comments: