News

Mar 25, 2009

पत्रकार सुनीलकुमार सिंहकी छोरीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
करिब दुइ वर्षअघि धुन्सा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पत्रकार सुनीलकुमार सिंहकी सात वर्षीया छोरी सोनालीकुमारी सिंहको हत्या आफन्तले गराएको आशंका प्रहरीले गरेको छ। दुर्घटनामा परी मृत्यु भएका पत्रकार सिंहकी पत्नीलाई क्षतिपूर्तिबापत दिइएको ३५ लाख रुपियाँको विषयमा आफन्तबीच भएको विवाद सो हत्याका कारण हुन सक्ने प्रहरीले जनाएको छ।प्रहरीस्रोतका अनुसार सोनालीलाई काठमाडौं घट्टेकुलोनजिक डेराबाट यही चैत ३ गते अपहरण गरी लगिएको थियो। उनको शव भारतको रक्सौलनजिक सिसबनियास्थित खेतमा फेला पारिएको थियो।हामी हत्यारा नजिक पुगेका छौं’, प्रहरी स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- केही दिनभित्रै पक्राउ गरी र्सार्वजनिक गर्नेछौं।’पत्रकारपुत्री सोनालीको हत्याको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघले मंगलबार दोषीमाथि कडा कारबाही माग गरेको छ।त्यस्तै बत्तीसपुतलीस्थित देश तिलक स्कुलमा अध्ययनरत सात वर्षीय बालक प्रशान्त साह तेलीको अपहरण गर्नेको पहिचान नजिक पुगेको प्रहरीले जनाएको छ।प्रशान्त स्कुलबाट घरतर्फजाँदै गर्दा सोमबार दिउँसो ४ बजे अपहरणमा परेका थिए। केही दिनभित्रै अपहरणकारीलाई पक्राउ गर्नेछौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नवराज सिलवालले भन्नुभयो।

No comments: