News

Mar 27, 2009

दिसा खुवाउनेलाई पक्राउ गर्न गएको प्रहरी ज्यान जोगाएर फर्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बोक्सीको आरोपमा एउटी दलित महिलालाई दिसा खुवाउने प्रधानाध्यापिकालाई पक्राउ गर्न गएको प्रहरी आफैं ज्यान जोगाएर फर्किएको छ । ललितपुरको चापागाउँबाट प्युटार पुगेको प्रहरी टोलीलाई सारा गाउँले मिलेर ढुंगामुढा गरेपछि दोषीलाई पक्रने प्रयास असफल भएको हो । बोक्सी लागेको भन्दै प्युटारको गडीभञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला लामा र उनका सहयोगीले स्थानीय दलित महिला कल्लीकुमारी विकलाई रक्ताम्मे हुनेगरी कुटपिट गर्दै दिसासमेत खुवाएका थिए । यो समाचार लिम्वूवान डट व्लगस्पोट डटकमले छापेलगत्तै राजधानीका पत्रकार, मानवअधिकारकर्मी र चापागाउँको प्रहरीसहितको संयुक्त टोली घटनास्थल पुगेको थियो । तर, बोक्सीलाई जोगाउन आएको भन्दै बूढाबूढी, युवायुवती र केटाकेटीले समेत ढुंगामुढा गरेपछि टोली ज्यान जोगाउँदै फर्किएको छ ।

No comments: