News

Mar 20, 2009

स्ववियुको मतपरिणाम अनुसार अनेरास्ववियुको अग्रता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्ववियुको पछिल्लो मतपरिणाम अनुसार एमाले निकट अनेरास्ववियुले आफ्नो अग्रता कायमै राखेको छ । उसले सबैभन्दा बढी ९२ स्थानमा सभापतिसहित अधिकांश पदमा विजय हासिल गरेको छ । ६४ वटा क्याम्पसमा सभापति सहित अधिकांश पदमा काँग्रेस निकट नेविसंघले जित हासिल गरेको छ । माओवादी समर्थित अखिल क्रान्तिकारीले ४८ क्याम्पसमा जितेको छ । ६५ वटा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै जितेको छ । राजनीतिक रुपले बहुप्रतिक्षित कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस तथा पोखराको पीएन क्याम्पसमा बिवादका कारण मतगणना कार्य स्थगित भएको छ । अखिल क्रान्तिकारी र नेविसंघबीच मतपत्र सदर/बदर गर्ने विषयमा बिवाद उत्पन्न भएपछि कीर्तिपुरमा बिहान ३ बजेदेखि मतगणना स्थगित भएको हो । उक्त क्याम्पसमा अखिल क्रान्तिकारीका हिमाल शर्मा सभापति पदमा झण्डै ३ सय मतले अगाडि छन् । उता, विद्यार्थी संगठनबीचको विवादका कारण पोखराको पीएन क्याम्पसमा स्थगित भएको मतगणना सुरु हुन सकेको छैन । अखिल क्रान्तिकारीले निर्वाचन अधिकृत आफुहरु विरुद्ध रहेको भन्दै आपत्ति जनाएपछि त्यहाँ बिवाद भएको हो ।

No comments: