News

Mar 21, 2009

संविधान निर्माणका प्रश्नावली जटिल सर्वसाधारणले गुनासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका लागि जनमत संकलन गर्न वितरित प्रश्नावली जटिल भएको सर्वसाधारणले गुनासो गरेका छन् । कपिलवस्तुका केही गाउँका बासिन्दाले भाषाका कारण पनि प्र्रश्नावली बुझ्न कठिन भएको बताएका छन् । राय-सुझाव संकलन गर्न कपिलवस्तुको विभिन्न स्थानमा पुगेको सभासद्को टोली नं. २२ द्वारा आयोजित कार्यक्रमका सहभागीले प्रश्नावली जटिल भएको गुनासो गरेका हुन् । बाणगंगा गाविसकी चन्दि्रका धोवीले भाषाको हिसाबले पनि प्रश्न बुझ्न कठिन भएको बताइन् । निरक्षरका लागि त प्रश्नावली अझ जटिल भएको उनको भनाइ छ । दुई सय ९४ वटा प्रश्नावली भएको ११ प्रकारका फारम भर्न अप्ठ्यारो परेको कांग्रेस कपिलवस्तुका सहसचिव अतहर कमालले बताए । पढेलेखेकालाई समेत भर्न कठिन हुने प्रश्नावली फारम सर्वसाधारणले भर्न नसकेको उनको भनाइ छ । सभासद् टोलीले सुझाव संकलनका लागि तीनवटा प्रक्रिया अपनाउँदै आएको छ । फारम भरेर, छुट्टै कापीमा लेखेर र अन्तक्रिर्या गरेर राय-सुझाव संकलन गरेको टोलीले जनाएको छ । अधिकांशले अन्तक्रिर्यामामा बोलेर सुझाव दिएका छन् । सभासद् टोलीले वितरण गरेको फारम निकै कमले मात्र भरेर बुझाएका छन् ।

No comments: