News

Mar 21, 2009

प्रधानमन्त्रीले अर्को साता मन्त्रिमण्डल विस्तार गर्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को साता मन्त्रिमण्डल विस्तार गर्ने संकेत दिएका छन् । तर उनले नेपाली कांग्रेस सरकारमा सहभागी हुने नहुने भन्ने बिषयको टुंगो नलागेको बताए ।राष्ट्रिय दलित आयोगको सातौ बाषिर्कोत्सवको ललितपुरमा शनिबार उदघाटन गर्दै उनले दलित समुदायबाट मन्त्री र सहायकमन्त्री बनाउने आश्वासन दिए ।'माओवादी नेतृत्वको सरकारले मन्त्री नवनाइदिएकोमा माओवादी नेतृत्वलाई आलोचना गर्ने हतियार पाउनुभएको छ' , दलित अगुवाहरुप्रति लक्षित गर्दै उनले भने , 'अर्को साता फूलमन्त्री र सहायकमन्त्री बनाएर राख्छु । अनि तपाइहरुको कस्तो आलोचना हुन्छ । हेर्छु ।' उनले लोकतान्त्रिक मुलुक भन्ने गरिएको भारतमा समेत एक बर्षभित्र ३२, ३३ वटा अध्यादेश आउने गरेको उदाहरण दिदै जरुरी पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने बताए ।'हाम्रा साथीहरुले असाध्यै बढी लोकतान्त्रिक भन्ने गरेको इण्डियामा समेत एकै सालमा ३२,३३ अध्यादेश आउछ' , दाहालले भने, 'जरुरी पर्दा सरकारले अध्यादेश ल्याउन सक्छ । त्यसलाई चियाको कपको तुफान बनाउन जरुरी छैन ।' विभिन्न समुदायले जनयुद्ध गर्ने धम्की दिएको भन्दै जनयुद्ध गर्नु भाषण गर्नुजस्तो सजिलो नभएको टिप्पणी गरे ।

No comments: