News

Mar 27, 2009

बुटवलमा लगाएको कर्फ्यु यथावत प्रदर्शन नियन्त्रण बाहिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले युवा संगठन युथफोर्स रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवको बिहीबार राति गोलीहानी हत्या गरिएको बिरोधमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले शुक्रबार बिहान देखि बुटवलमा लगाएको कर्फ्यु साँझ सम्म यथावत रहेको छ ।प्रशासनले बिहान ९ बजेबाट बुटवल नगरपालिकाको सम्पुर्ण क्षेत्र र सिद्धार्थ राजमार्गको भैरहवा सडकखण्डको आसपासको २ सय मिटर वरपर कर्फ्यु आदेश जारी गरेको छ । यद्यपी कर्फ्युको प्रवाह नगरी प्रर्दशनकारीहरुले सडकमा प्रर्दशन गर्न छाडेका छैनन् ।यसअघि बुटवलमा निस्केको एमाले तथा त्यसका भातृ संगठनहरुको जुलुशले बुटवलमा रहेको माओवादीको कार्यालयमा आगजनी गरेको छ । प्रदर्शन रोक्न प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रयोग गरे पनि प्रदर्शन नियन्त्रणम आएको छैन ।प्रर्दशनकारीहरुले बुटवल नगरपालिका ८ चादवारीमा माओवादी सभासद टोपबहादुर रायमाझी बस्ने घरको कम्पाउण्डमा रहेका ३ वटा गाडी समेत तोडफोड गरेका छन् ।घटनाको विरोधमा युथफोर्स रुपन्देहीले दिउँसो २ बजे बुटवलमा पत्रकार सम्मेलन गर्दै छ भने ३ बजे बिरोध जुलुस निकाल्ने बताएको छ ।हत्याको बिरोधमा आज लुम्बिनी अञ्चल बन्दको आव्हान गरिएको छ । प्रहरीका अनुसार बुटवल नगरपालिका ९ दिपनगरका युथफोर्स जिल्ला सदस्य ३५ बर्षीय प्रचण्ड थैवलाई सुख्खानगरबाट हिलपार्क जाने पुलमा गोली हानीएको थियो । राति करिव साढे १० बजेको समयमा आफ्नो मोटरसाईकलमा साथी केशव रोकासंगै घरतर्फ जादै गरेको समयमा गोली हानीएको थियो । मोटरसाईकलमा पिछा गर्दै आएको समुहले केहीबेर रोकी थैवमाथि गोली हानेको रोकाले बताए ।युथफोर्सले थैवको हत्या स्ववियु निर्वाचनसंग जोडेर वाईसीएलले गराएको आरोप लगाएको छ । एमाले जिल्ला सचिव लीला गिरीले बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनाव विवादपछि वाईसीएलले धम्की दिदै आएको बताए ।प्रदर्शनकारीलेपनि थैवको हत्यामा वाईसीएका जिल्ला इन्चार्ज सुजित नै संलग्न भएको भन्दै नारावाजी गरेका छन् । सोही अनुसार प्रशासनमा ५ जनाको नाम किटानी सहित कारवाहीको लागि निवेदन दिएको युथफोर्सका संयोजक राजु गुरुङले बताए । तर माओवादीले भने यसबारे कुनै धारणा बाहीर ल्याएको छैन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठाकुर प्रसाद ज्ञवालीले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् । यसैबीच, माओवादी र वाईसीएल रुपन्देहीले विज्ञप्ति जारी गरी घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेक छन् ।युथफोर्सका कार्यकर्ताको हत्यारालाई कार्वाहीको माग गर्दै एमाले निकट युवा विद्यार्थीले शुक्रवार विहानै देखि पाल्पा बन्द गराएको छ ।एसएलसी परीक्षालाई असर नपर्ने गरी यातायात, शिक्षणसंसथा, बजार सबै बन्द गरीने अनेरास्ववियुका टिकाबहादुर थापाले बताएका छन् । नवलपरासीमा पनि बिहानै देखि युथफोर्सका कार्यकर्ताले महेन्द्रराजमार्गमा अबरोध पुर्‍याएका कारण हजारौ यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

No comments: