News

Mar 26, 2009

बुटवल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्यकर्ता हत्याको विरोधमा युथफोर्स र एमाले कार्यकर्ताले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थीति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार बुटवल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बुटवल नगरपालिका र सिद्धार्थ राजमार्गको सुनौलीदेखि बुटवलसम्म राजमार्गको २०० मिटर वरपरको क्षेत्रमा अर्को आदेश नआउन्जेलका लागि बिहान सवा ९ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।युथफोर्स रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवको हत्याको विरोधमा एमाले र युथफोर्स कार्यकर्ताले शुक्रबार बिहानैबाट गरेको प्रदर्शनका कारण बुटवल तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले रातो दरवारमा रहेको माओवादी कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए । बुटवल-९ दिपनगरका ३५ बर्षीय थैवलाई बिहीबार राति अज्ञात समूहले गोली प्रहारगरी हत्या गरेको थियो ।उनीसँगै मोटरसाईकलमा रहेका केशव रोक्का भने सकुसल रहेको प्रहरीले जनाएको छ । एमाले जिल्ला सचिव लिला गिरीले माओवादी कार्यकर्ताले थैवलाई पटक-पटक धम्क्याउँदै आएकाले उनीहरूले नै हत्या गरको दावी गरेका छन् ।

No comments: