News

Mar 20, 2009

सरकार र मधेसी मुक्ति टार्इगर्सबीच शुक्रबार चारबुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र मधेसी मुक्ति टार्इगर्सबीच शुक्रबार चारबुँदे सहमति भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा टार्इगर्सले हिंसात्मक कार्य रोक्ने, टार्इगर्सका वार्ताटोलीको सरकारले सुरक्षा गर्ने, जेलमा रहेका टार्इगर्सका कार्यकर्ता अनुसन्धान गरी क्रमशः रिहा गर्ने र ती नेता-कार्यकर्तालाई सरकारले राजनीतिक व्यवहार गर्ने उल्लेख छ।शान्ति तथा पुनःनिर्माण मन्त्री जनार्दन शर्मा प्रभाकर र टार्इगर्सका वार्ताटोली संयोजक भोलाप्रसाद मुखियाबीच भएको सहमतिमा अर्को वार्ता आपसी सहमतिमा समय तोकी गर्ने उल्लेख गरिएको छ।

No comments: