News

Mar 20, 2009

बेलायत सरकारले गोर्खा भूपू सैनिकहरूको निवृत्तिभरणमा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले गोर्खा भूतपूर्व सैनिकहरूको निवृत्तिभरणमा १४ दशमलव १ प्रतिशतले वृद्धि गरेको छ।बेलायतका रक्षा तथा योद्धाहरूको मामिलासम्बन्धी सहायक विदेशमन्त्री केभन जोनेस एमपीले शुक्रबार संसद्मा लिखित वक्तव्य दिँदै यो वृद्धि आगामी अप्रिल १ (चैत १९) देखि लागू हुने जानकारी गराउनुभएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ।भारतीय सेना निवृत्तिभरण र गोर्खा निवृत्तिभरण कार्यक्रमबीच सम्बन्ध स्थापित हुने गरी सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार ८० वर्षवा सोभन्दा बढी उमेरका करिब १ हजार पूर्वगोर्खा फौजलाई १४ दशमलव १ लगायत २० प्रतिशत थप रकम सुविधाको व्यवस्था गरिएको पनि बेलायतले जनाएको छ।सहायक मन्त्री जोनेसले २६ हजार ५ सय पूर्वगोर्खा फौजलाई सधै राम्रो व्यवहार गर्ने बेलायती सरकारको नीति रहँदै आएको पनि आफनो वक्तव्यमा उल्लेख गर्नुभएको छ।

No comments: