News

Mar 28, 2009

धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । ६५ डिग्री सेल्सियसभन्दा कम तातो चियाको तुलनामा ७० डिग्री सेल्सियसभन्दा बढी तातो चिया आठगुणा बढी क्यान्सरको जोखिमयुक्त हुने अनुसन्धानकर्ताले बताएका छन् । तेहरान युनिभर्सिटी अफ मेडिकल साइन्सका रेजा मलेकजादेह र उनका सहकर्मीले इरानको गोलुस्तान प्रान्तका तीन सय घाँटीको क्यान्सरपीडित र पाँच सय ७१ स्वस्थ पुरुष र महिलाको चिया पिउने तरिकाबारेमा अध्ययन गरेका थिए । इरानको उत्तरी क्षेत्रमा अवस्थित गोलुस्तान प्रान्त विश्वकै सबैभन्दा बढी घाँटीको क्यान्सर रोगी भएको क्षेत्रमध्ये एक हो । तर, यस क्षेत्रमा धूम्रपान तथा मदिरापानको दर ज्यादै न्यून रहेको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानमा भाग लिएका सर्वसाधरण सबैले नियमित रूपमा दिनको करिब एक लिटरजति कालो चिया पिउँछन् । उम्लिएको चिया कपमा खन्याएको करिब चार मिनेटपछि चिया पिउने मानिसको तुलनामा दुई मिनेट नबित्दै चिया पिउने मानिसमा घाँटीको क्यान्सर लाग्ने सम्भावना पाँचगुणा बढी हुने अनुसन्धानकर्ताले बताएका छन् । मानिसले सामान्य ५६ देखि ६० डिग्री सेल्सियससम्मको तापक्रम भएको चिया पिउने बि्रटिस अध्ययनको प्रतिवेदनले देखाएको पनि अनुसन्धानकर्ताले उल्लेख गरेका छन् । क्यान्सरका कारण प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिस मर्ने गर्छन् । एसिया, अपिmका र दक्षिण अमेरिकी क्षेत्रमा घाँटीको क्यान्सरका रोगी बढी छन् । एक साताअगाडि अमेरिकी तथा जापानी अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको अनुसन्धानमा पूर्वी एसिया-चिनियाँ, जापानी तथा कोरियन नागरिकमा इन्जाइम-प्रोटिनयुक्त यौगिक तत्त्व)को कमी भएकाले उनीहरूले रक्सी पिउँदा घाँटीको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

No comments: