News

Mar 23, 2009

उपनिर्वाचनको तीन घण्टाभित्रै मत परिणाम घोषणा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

उपनिर्वाचन हुने ६ निर्वाचन क्षेत्रको मतदान सकिएको तीन घण्टाभित्रै मत परिणाम घोषणा हुने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनको नतिजा मतदान सकिएको ३ घण्टा भित्र सार्वजनिक गर्न सकिने बताएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चैत १० गते आयोगको कार्यालयमा राजनीतिक दलहरुसँगको छलफलमा बोल्दै सबै ६ निर्वाचन क्षेत्रमा विद्युतीय मतदान हुने भएकाले २, ३ घण्टाभित्रै परिणाम आइसक्ने जानकारी दिए । गत वर्ष भएको संविधानसभा चुनावमा काठमाडौं क्षेत्र न। १ मा विद्युतीय मतदानको प्रयोग भएको थियो ।
उपनिर्वाचन हुने ६ निर्वाचन क्षेत्रमा १ सय २९ पुरुष र १० महिला गरी जम्मा १ सय ३९ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।कार्यक्रममा प्रमुख आयुक्त पोखरेलले दलहरुलाई जसरी पनि चुनाव जित्नै मानसिकता त्याग्न आग्रह गरे । चुनाव आचार संहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको संयोजकत्व केन्द्रीय अनुगमन समिति गठन गरिएको छ ।

No comments: