News

Mar 23, 2009

सेना समायोजन समितिको बैठक बिना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्राविधिक समितिको गठन प्रकृयामा छलफल गर्न सोमबार बसेको सेना समायोजन तथा पुर्नस्थापना विशेष समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । समायोजन प्रकृयामा सहयोग पुर्‍याउन गठन गर्न लागिएको आठ सदस्यीय प्राविधिक समितिको सदस्यमा एकीकृत माओवादी र एमालेले नाम उपलब्ध नगराएको कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो । समिति सदस्य मोहम्मद हबीबुल्लाले मधेसी जनअधिकार फोरम र नेपाली कांग्रेसले समितिमा बस्ने नामावली उपलब्ध गराएपनि प्रमुख सत्ताधारी दलबाटै नाम आउन नसकेको जानकारी दिए । उनले अर्को शुक्रबार बस्ने बैठकले प्राविधिक समितिलाई पूर्णता दिने बताए ।यसअघिको बिशेष समितिको बैठकले प्राविधिक ज्ञान भएका गैर राजनीतिक व्यक्तिलाई प्राविधिक समितिमा समेट्ने निर्णय गर्दै त्यसका लागि प्रमुख दलहरुलाई नाम सिफारिस गर्ने जिम्मेवारी दिएको थियो ।

No comments: