News

Mar 29, 2009

पेलेको पहिलो यौन सम्पर्क पुरुषसंग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महान् फुटबल खेलाडी को भन्ने विषयमा संसारका धेरै फुटबल प्रेमीमाझ बहस हुने गर्छ । ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनामा आए पछि नयाँ बहस सुरु हुन्छ । पेले महान् कि म्याराडोना ? विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई समेत यो निर्णय गर्न कठिन भयो । त्यसपछि, फिफाले सन् २००० को अन्त्यमा पेले र म्याराडोना दुवैलाई संयुक्त रूपमा शताब्दीकै महान् फुटबलरको सम्मान दियो । आपना वेबसाइटका फुटबल प्रशंसकको मतका आधारामा म्याराडोनालाई र पदाधिकारीको मतका आधारमा पेलेलाई फिफाले सर्वोत्कृष्ट ठहर्‍याएको थियो । प्रशंसकमाझ मात्र नभई महान् फुटबलर मानिएका यी दुई खेलाडी एक-अर्काप्रति असन्तुष्टि र कुण्ठा बोकेर बसेका छन् । एक-अर्काप्रतिको यिनीहरूको रबैया’ कहिल्यै राम्रो रहेको पाइन्न । फिफाले सन् २००० मा महान् फुटबलरको उपाधि दिँदा पेलेलाई नपर्खी म्याराडोना पहिल्यै कार्यक्रमस्थल छाडेर हिँडेका थिए । त्यसको केही वर्षपछि आफूले चलाएको एक टेलिभिजन कार्यक्रममा म्याराडोनाले पेलेलाई अन्तर्वार्ताका लागि बोलाएका थिए । सो घटनाले विश्व फुटबल जगत्लाई रोमाञ्चित तुल्याएको थियो । आ-आपनो शैलीका उत्कृष्ट फुटबलरबीचको शीतयुद्ध समाप्त भएको मानेका थिए धेरैले । तर, यस साता यी दुईबीच फेरि वाक्युद्ध सुरु भएको छ । फुटबलसँगै लागूऔषधको दुव्र्यसनमा लागेका कारण म्याराडोनालाई आइडल मान्न नसकिने अभिव्यक्ति दिए पेलेले । पेलेको विचार थियो म्याराडोना युवाका लागि खराब आइडल हुन् । पेलेको सो भनाइबाट आक्रोशित म्याराडोना पनि किन चुप लागी बस्थे । पेलेको भनाइबारे के धारणा छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा म्याराडोनाले कडा जवाफ दिए । तिमीहरू मबाट के उत्तर चाहन्छौँ ? उसले (पेलेले) पहिलो यौन-सम्पर्क त पुरुषसँग गरेको थियो,’ ४८ वर्षीय म्याराडोनाले पत्रकारलाई दिएको जवाफ हो यो । पुरानै समयमा जाउ, सन् २००० को पुरस्कार-समारोहमा पेलेले भनेका थिए, हामी राम्रा साथी होइनौँ, तर यदि ऊ आफूलाई शताब्दीकै महान् खेलाडी सोच्छ भने त्यो उसको समस्या हो ।’ पेलेले आफ्नो खेल-जीवनमा चार विश्वकप खेले जसमध्ये तीनपटक उनले टोलीलाई फाइनलमा पुर्‍याए र तीनैपटक उपाधि जिताए भने म्याराडोनाले पनि चार विश्वकप खेले । दुईपटक उनी रहेको टोली फाइनल पुग्यो । जसमध्ये एकको फाइनलमा पराजय र अर्कोमा उपाधि जिताउन सक्षम भएका थिए म्याराडोना उनको टोलीलाई ।

No comments: