News

Mar 22, 2009

धनकुटा सदरमुकाममा पुनः कर्फ्यु आदेश जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, चैत ९ - केही बेरका लागि खुकुलो गरिएको कर्फ्युमा स्थिति सामान्य नदेखिएपछि स्थानीय प्रशासनले धनकुटा सदरमुकाममा पुनः कर्फ्यु आदेश जारी गरेको छ । वाईसीएलले एमाले नेतामाथि आक्रमणगरेपछि असामान्य रहेको धनकुटा सदरमुकाममा स्थानीय प्रशासनले शनिबारदेखि लगाएको कर्फ्युले जनजीवन प्रभावित भएको छ । बिहान ९ बजेदेखि २ घण्टाका लागि खुकुलो पारिएको कर्फ्यु फेरि अनिश्चितकालका लागि लगाइएको छ । स्ववियु निर्वाचनको विषयमा उत्पन्न बिवादको समाधानका लागि वार्ता गर्ने क्रममा वाईसीएल कार्यकर्ताले एमाले नेतामाथि आक्रमण गरेपछि भएको झडप नियन्त्रणमा लिन प्रशासनले शनिबार बेलुका ७ बजेबाट कर्फ्यु आदेश जारी गरेको हो । वाईसीएल कार्यकर्ताको आक्रमणबाट एमाले नेता गोपाल गुरागांई गम्भीर भएका छन् ।

No comments: