News

Mar 24, 2009

प्रधानमन्त्री नर्वे र फिनल्यान्डको औपचारिक भ्रमण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चैतको दोस्रो साता नर्वे र फिनल्यान्डको औपचारिक भ्रमण गर्ने भएका छन् । चैत १५ गते प्रस्थान गरी उनी चैत १६ गते नर्वे पुग्ने कार्यक्रम छ । चैत १९ गते प्रधानमन्त्री त्यहाँबाट फिनल्यान्डका लागि प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीका साथ उनकी पत्नी, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारी तथा व्यापारिक समुदायका सदस्य पनि रहनेछन् । प्रधानमन्त्रीले चैत १७ गते नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्गसँग भेटी द्विपक्षीय एवं आपसी हितका अन्य विषयमा छलफल गर्नेछन् । उनले नर्वेका राजासँग पनि भेट्नेछन् । प्रधानमन्त्रीले नर्वेली जलस्रोतमन्त्री तथा ऊर्जा सचिवालय र जलविद्युत् प्लान्टको भ्रमण गरी नेपालको जलविद्युत् विकासमा नर्वेको उच्चस्तरको संलग्नताबारे छलफल गर्नेछन् ।

No comments: