News

Mar 24, 2009

एसएलसी परीक्षा बुधबारदेखि शुरू ४१२०८१ विद्यार्थी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्कुले शिक्षा पार गर्ने अन्तिम खुट्किलाको रूपमा रहेको एसएलसी परीक्षा बुधबारदेखि शुरू हुँदै छ। देशभरका ४ लाख १२ हजार ८१ विद्यार्थीले भाग लिने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षाकेन्द्रसम्म पुगिसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। करिब ५ दर्जन विषयमा लिइने परीक्षा चैत २० गतेसम्म चल्नेछ।परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाका अनुसार यस वर्षो परीक्षामा नियमिततर्फ ३ लाख ६४ हजार ५ सय ९ र एक्जाम्टेडतर्फ४७ हजार ४ सय ९० विद्यार्थी सहभागी रहनेछन्।पनिकाले देशभर १ हजार ४ सय ५ परीक्षाकेन्द्र कायम गरेको छ। गत वर्ष१ हजार २ सय ९९ सय केन्द्र थिए।परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न १ हजार ४ सय ५ केन्द्राध्यक्ष, २ हजार २ सय सहायक केन्द्राध्यक्ष, करिब १७ हजार निरीक्षक खटाइएको छ।परीक्षामा सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। पनिकाका अनुसार प्रत्येक परीक्षँ केन्द्रमा १० जना सुरक्षाकर्मी रहनेछन्।यस वर्षो परीक्षामा माओवादी लडाकू शिविरका १ सय ८९ जना लडाकू पनि सहभागी रहनेछन्। सबै लडाकू खुला विद्यालयमा अध्ययनरत हुन्। देशभरका २२ खुला विद्यालयबाट लडाकूसहित १ हजार ३ सय ३३ जना विद्यार्थी यस परीक्षामा सहभागी रहनेछन्।यस वर्षक्षेत्रगतरूपमा प्रश्नपत्र निर्माण गरिएको छ’, परीक्षा उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भन्नुभयो- पाँच विकास क्षेत्रमा पाँच प्रकारका प्रश्नपत्र रहनेछन्।’नियमित विद्यार्थीका निम्ति संशोधित पाठयक्रमका आधारमा प्रश्नपत्र सोधिनेछ भने एक्जाम्टेडका निम्ति पुरानै पाठयक्रमअनुसार प्रश्न सोधिने भएको छ।बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षाअर्न्तर्गत भोलि अनिवार्य अंग्रेजीको परीक्षा हुँदै छ। यस वर्षो परीक्षामा सबैभन्दा बढी काठमाडौंमा २७ हजार ६ सय ८४ विद्यार्थी सहभागी हुने भएका छन् भने सबैभन्दा कम मनाङमा २६ विद्यार्थी सहभागी हुँदै छन्। मनाङमा एक मात्र परीक्षाकेन्द्र रहेको छ। गत वर्षो तुलनामा यस वर्षकरिब ४५ हजार विद्यार्थी वृद्धि भएका छन् भने १ सय ६ वटा परीक्षाकेन्द्र थपिएका छन्।परीक्षा सञ्चालन गर्न करिब १२ करोड रुपियाँ खर्च हुने पनिकाले जनाएको छ। परीक्षा नियन्त्रक झाका अनुसार तीन महिनाभित्र परीक्षाफल प्रकाशित गरिने छ। परीक्षामा सहभागी अपांग, नेत्रहीन र अशक्त विद्यार्थीले डेढ घण्टा थप समय पाउनेछन्।

No comments: