News

Mar 20, 2009

अमेरिकामा एचआइभी संक्रमण अफ्रीकी देशहरूमा भन्दा गम्भीर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ संयुक्त राज्य अमेरिकामा एचआइभी संक्रमण दर कैयौं अफ्रीकी देशहरूमा भन्दा गम्भीर हुँदै गएको छ । वासिङ्टनको स्वास्थ्य विभागको एक प्रतिवेदनमा १२ वर्षभन्दा माथिका तीन प्रतिशत मानिस एचआइभी र एड्सबाट प्रभावित रहेको बताइएको छ । वासिङ्टनमा एचआइभी र एड्स महामारीको स्तरमा पुगेको प्रतिवेदनमा उल्लेख छ । अफ्रीक अमेरिकीमा संक्रमण सबैभन्दा बढी, अझ ४० देखि ४९ वर्ष उमेर समूहकामा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार वासिङ्टनको अवस्था अफ्रीकी देश युगान्डाजत्तिकै छ । सबैभन्दा बढी संक्रमण समलिंगी पुरुषमा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि महिला पुरुषबीच यौनसम्बन्ध राख्नेहरूमा र सुईबाट लागूपदार्थ सेवन गर्नेहरू संक्रमित छन् । 'राजधानी वासिङ्टनमा संक्रमणस्तर अझ कैयौंगुना बढी हुन सक्छ किनभने धेरैजसो मानिस आफू संक्रमित भएको बारे अनभिज्ञ छन्,' प्रतिवेदनमा भनिएको छ ।

No comments: