News

Mar 25, 2009

सेना समायोजन बिशेष प्राविधिक समितिमा नाम सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख चार दलले पूर्व सहमति अनुसार सदस्यहरुको नाम सिफारिस गरेपछि सेना समायोजन तथा पुर्नस्थापना बिशेष समिति अन्र्तगतको प्राविधिक समिति छिट्टै गठन हुने भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमले बुधबार दुई/ दुई जना सदस्यको नाम सिफारिस गरेपछि विशेष समितिलाई सघाउन कार्यदेश पाएको प्राविधिक समिति गठन हुने भएको हो । तर सिफारिस सदस्यको नाम सार्वजनिक गरिएको छैन । शुक्रबार बस्ने विशेष समितिको बैठकले औपचारिक रुपमा नाम पारित गरेपछि सदस्यहरुको नाम सार्वजनिक गर्ने बताईएको छ । श्रोतका अनुसार नेपाली कांग्रेसले समितिमा अवकास प्राप्त बलाधिकृत रथी बालानन्द शर्मा र शम्भुराम सिंखडालाई सिफारिस गरेको छ । यसअघिको बैठकमा नाम सिफारिसमा दलहरुबीच कुरा नमिलेपछि शुक्रबारसम्मलाई बैठक स्थगित गरिएको थियो ।

No comments: