News

Mar 24, 2009

माइक्रोबस ठक्करपछि त्रिशुलीमा खस्दा ६ को मृत्यु १३ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पृथ्वी राजमार्गमा गुडीरहेका दुई माइक्रोबस ठक्कर खाएपछि मंगलबार त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौबाट तनहुंको भिमाद आउंदै गरेको बा. १ ज. ३४६६ नम्बरको माईक्रोबस र लमजुङको बेशीशहरबाट काठमाडौं जांदै गरेको बा २ ख ३१५८ नंको अर्को माईक्रोबस ठोक्किएको थियो । दुर्घटनासँगै बेशीशहरबाट काठमाडौं जांदै गरेको माईक्रोबस चितवनको दारेचोक गाबिस कुरिनटार नजिक पृथ्बीराजमार्गको सडकबाट करिब २ सय फिट तल त्रिशुली नदि किनारमा खसेको थियो ।एक जनाको घटनास्थलमै र ५ जनालाई भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा तथा अस्पतालमा एक जनाको मृत्यु भएको हो । दुघंटनामा १३ घाइते भएका छन् । मृतक मध्ये ४ पुरुष २ महिला रहेको प्रहरीले जनाएको छ । बसमा १९ जना यात्रु थिए । प्रहरीका अनुसार, लमजुङ घर भएकी नन्दकली गुरुङको मात्र सनाखत भएको छ । अन्य मृतकको नाम ठेगाना खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घाइते १३ मध्ये २ जनाको थप उपचारको लागि काठमाडौं लगिएको छ । अन्यको भरतपुर अस्पताल र मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

No comments: