News

Mar 20, 2009

पोखरामा शनिबार खानेपानी आपूर्ति बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरामा शनिबार खानेपानी आपूर्ति बन्द भएको छ । मर्दिखोलाका स्थानीय बासिन्दाले पानी ल्याईएको मुहान नै बन्द गरिदिएपछि सहरमा पानी बन्द भएको हो । खोलाको ड्यामबाट पानी आउन नदिएपछि बिन्ध्यबासिनिस्थित रिजर्भ टयाङ्की खाली भएकोले पानी वितरण रोकिएको खानेपानी संस्थानका प्रमुख उद्धव उपाध्यायले बताए ।पोखराका लागि ११ किलोमिटर टाढाबाट ल्याईएको सो मुहानबाट दैनिक १ करोड ५० लाख लिटर पानी आपूर्ति हुने गरेको छ । मुख्य मुहान नै बन्द भएपछि सहरका २६ हजार भन्दा बढी धारा सुखेको छ । २ लाख ४० हजार जनसंख्या भएको पोखराको खानेपानीको हाहाकार हुने भएको छ ।मुहान आसपासका केही बासिन्दाले हेम्जाको मिलनचोकदेखि ल्वाङघलेलसम्मको सडक पिच गर्नुपर्ने र पानीको महशुलबाट उठेको २० प्रतिशत रकम स्थानीय विकासमा लगाउनुपर्ने माग गर्दै पानी बन्द गरिदिएका हुन् ।शुक्रबारमात्र पोखराको खानेपानीका लागि सोही मुहानबाट थप पानी ल्याउन पाईप लाइन बिस्तारको शिलन्यास भएको थियो । शिलन्यासका क्रममा मर्दिखोला सरोकार समितिका पदाधिकारीले राखेको सडक पिच लगायतका सात बुँदे माग पुरा गर्ने विषयमा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारको रोहबरमा खानेपानी संस्थान र सरोकारवालाबिच सहमति भएको थियो । तर सो सहमति गरिएको शिलन्यास समारोहमा नआएका अन्य केही स्थानीयले मुहान बन्द गरेका हुन् ।संस्थानका प्रमुख उपाध्यायले स्थानीयसँग आज वार्ता हने जानकारी दिए ।

No comments: