News

Mar 22, 2009

माओवादीका कार्यकर्ताहरूले आक्रमण गर्ने डरले घर छोडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका कार्यकर्ताहरूले आक्रमण गर्ने डरमा बाराको प्रि्राबिर्ता गाविसका सयौं र्सवसाधारणले घर छोडेका छन्। गाउँमा सिंचाइ कुलो निर्माण गर्ने विषयमा स्थानीय सहनी र माओवादी र्समर्थक महतो जातिका दुइ पक्षबीच चार दिनअघि भएको विवादमा माओवादी र्समर्थकहरूले सहनी पक्षका घरमा गएर छानीछानी आक्रमण गर्ने र लुटपाट गर्ने क्रम जारी राखेपछि सुरक्षाको खोजीमा उनीहरूले गाउँ छाडेका हुन्।सो घटनामा महतो पक्षका ७ जना र सहनी पक्षका २ दर्जनभन्दा बढी घाइते भएका छन्। माओवादी कार्यकर्ताहरूको आक्रमणमा स्थानीय वृद्धवृद्धा र महिलासमेत परेका छन्।माओवादीहरूले सहनी पक्षको गाउँमा घेरा हाली गाउँलेहरूमाथि कुटपिट गरेका थिए। माओवादी आक्रमणको त्रासमा सहनी पक्षका र्सवसाधारण घरमा रहेका झिटीगुन्टा, खाद्यान्न र बस्तुभाउसमेत लिएर आफन्तको घरमा आश्रय लिन गएका छन्।माओवादी कार्यकर्ताहरूले सहनी पक्षको दुइ घरमा आगो लगाउनुका साथै ३० घरमा तोडफोड गरी खाद्यान्न र घरका सामानसमेत लुटेर लगेका छन्।माओवादी र्समर्थक रहेका महतो पक्षलाई सहनीहरूले शुरूमा कुटपिट गरेपछि महतो पक्षकाहरूले माओवादीको सहयोगमा संगठित भएर आक्रमण गर्न थालेका हुन्। आक्रमणको त्रासमा विस्थापित हुने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाराले गाउँमा एक निरीक्षकको कमान्डमा ४० जनाको प्रहरी टोली खटाएको प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले जानकारी दिनुभयो।विस्थापितमध्ये ३७ परिवारलाई जिल्ला विकास समिति बाराले प्रतिपरिवार १ हजारका दरले नगद सहयोग र उद्योग वाणिज्य संघ कलैयाले शुक्रबार खाद्यान्न सामग्रीसमेत वितरण गरेका छन्।यसैबीच माओवादीबाहेकका स्थानीय ८ राजनीतिक दलहरूको शनिबार कलैयामा बसेको बैठकले विज्ञप्ति निकालेर घटनामा एकीकृत माओवादीका तर्फाट बारा क्षेत्र नं. २ का सभासद् शिवचन्द्र कुशवाहको निर्देशनमा घटना गराइएको आरोप लगाइएको छ।आक्रमणबाट विस्थापित भएका परिवारलाई पुनः स्थापना, क्षतिपूर्ति र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको मागसमेत दलहरूले गरेका छन्। सभासद् कुशवाहले भने घटनाका बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो।

No comments: