News

Mar 25, 2009

दुर्इ मण्डल विस्तार ६ सचिवको जिम्मेवारी हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री मण्डल विस्तार गरेका छन् भने ६ सचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।चैत १२ गते महेन्द्र पासवानलाई भूमि सुधार र रामचरण चौधरीलाई महिला वालवालिका तथा समाजकल्याण मन्त्रीमा थप गरेपछि मन्त्री मण्डल २४ सदस्यीय बनेको छ । सिराहा निवासी पासवान र बर्दिया निवासी चौधरी दुबै माओवादी सभासद हुन् । मात्रृका यादवले राजिनामा दिएपछि रिक्त रहेको भूम सुधार र नेकपा मालेले लिन नमानेको महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्री स्वयमले सम्हाल्दै आएका थिए ।मन्त्री परिषदको वैठकले राष्ट्रिय सूचना आयोगका सचिव गणेशराज जोशीलाई रक्षामा ल्याएको छ भने यसअघि रक्षामा रहेका वामनप्रसाद न्यौपानेलाई सामान्य प्रशासनमा लगेको छ । यसैगरी प्रताप पाठकलाई प्रधानमन्त्री कार्यालयबाट उद्योग मन्त्रालयमा, उद्योगमा रहेका ताना शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रमा, सर्तकता केन्द्रबाट सुशिल घिमेरेलाई सूचना तथा संचार मन्त्रालयमा र संचारबाट लिलामणी पौडेललाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

No comments: