News

Mar 19, 2009

सैनिक अधिकारीहरुको पदावधि नथपेकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले भावि प्रधानसेनापतिका सम्भावित उम्मेदवार ठानिएका बरिष्ठ सैनिक अधिकारीहरुको पदावधि नथपेकोमा विरोध जनाइरहेको प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसलाई सरकारको दोश्रो ठूलो घटक नेकपा एमालेले पनि साथ दिएको छ।कांग्रेसले बुधवार डाकेको बैठकमा प्रतिपक्षि पार्टीहरुले जस्तै एमालेले पनि सरकारी निर्णयप्रति असन्तुष्टी प्रकट गरेको हो।बैठकमा थप छलफल गर्न सबै दलका शीर्ष नेताहरुको बैठक गर्ने सहमति भएको छ। आठजना सहायक रथी बिग्रेडियर जनरलहरुको म्याद नथप्ने सरकारको कदम विरुद्ध अन्य दलको समर्थन लिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो निवासमा बैठक बोलाएका थिए। बैठकमा सहभागि एक एमाले नेता राजेन्द्र पाण्डे भन्छन्, “आठजना जर्नेलको म्याद नथपेर बाँकीलाई हाम्रो पार्टी कार्यालयतिर आउने गर, हाम्रो सदस्यता लेउ भन्न खोजे जस्तो भयो।”म्याद नथप्ने बारेमा माओवादीले आफ्नो दलसंग कुनै सल्लाह नगरेको उनको भनाई थियो।जंगी अड्डाले चारवर्ष अवधि पुरा गरेका सहायक रथीहरुको म्याद तीन वर्ष थप्न डेढ महिना अघि रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको बताइएको छ।पदावधिको अन्तिम दिन आइतवारसम्म पनि म्याद थप नभए पछि कांग्रेसले सोमवार विहानैदेखि त्यसबारे गम्भीर वहस शुरु गरेको थियो। उसले सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिको समेत ध्यानाकर्षण गराइ सकेको छ। कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी भन्छन्, “बुढी मरी भनेर होइन, काल पल्किने डर हो। एकाएक सेनाको नेतृत्व तहमा रिक्तक्ता निम्त्याउने खेल सर्वसत्ता लादने माओवादीको योजनावद्ध उदेश्य अनुसार भएको हो।”सरकारले पदावधि नथपेमा चैत १६ गतेदेखि शुरु हुने संसद बैठकलाई विरोधको थलो बनाउने उनले जनाए। केही महिना अघि वर्तमान सरकारले सहायक रथी दीपक गुरुङको म्याद, सकिएको केही दिन पछि थपेको थियो। सैनिक मुख्यालयले बुधवार तेश्रो दिन पनि रक्षा मन्त्रालयबाट म्याद थपबारे कुनै जानकारी नपाएको भन्दै पदावधि सकिएकालाई अवकास पत्र नदिएको बुझिएको छ।पदावधि सकिईसक्दा पनि म्याद नथप्ने निर्णय रक्षामन्त्री, मन्त्रालय वा अन्य मन्त्रीहरुले आधिकारीक रुपमा चाहीं सार्वजनिक गरेका छैनन्।

No comments: