News

Mar 23, 2009

एक पुरुष जुम्ल्याहा सन्तान जन्माउने तयारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्याडि्रड/ अमेरिकी पुरुष थोमस बेट्टीले छोरी जन्माएको घटना सेलाउन नपाउँदै स्पेनका एक पुरुष जुम्ल्याहा सन्तान जन्माउने तयारीमा रहेका छन् । २६ वर्षीय रुवेन नोइ कारोनाडोले सेप्टेम्बरको अन्त्यतिर जुम्ल्याहा सन्तानलाई जन्म दिनेछन् । महिलाका रूपमा जन्मिएका रुवेन लिंग परिवर्तन गरेर पुरुष बनेका हुन् । लिंग परिवर्तन गर्नुअघि उनी स्टेफाइन नामले चिनिन्थे । सन्तान जन्माइसकेपछि रुवेन र उनकी प्रेमिका एसपेरान्जाले बिहे गर्ने योजना बनाएका छन् । ४३ वषीया एसपेरान्जाले सन्तान जन्माउन नसक्ने बताएपछि रुवेनले बच्चा जन्माउने निधो गरेका हुन् । यसअगाडि लिंग परिवर्तन गरेर पुरुष बनेका अमेरिकी नागरिक थोमस बेट्टीले छोरी जन्माएका थिए । ३५ वषीय थोमस बेट्टी दोस्रो सन्तान जन्माउने तयारीमा छन् । लिंग परिवर्तनमार्फत पुरुष भए तापनि बेट्टी र रुविनले आफ्नो प्रजनन अंग भने राखेका थिए । रुविन वीर्यदाताको सहयोगबाट गर्भवती भएका हुन् । रुविनले बार्सिलोनामा सन्तान जन्माउनेछन् ।

No comments: