News

Mar 31, 2009

नायिका झरना थापा सांकेतिक भाषा सिक्नमा व्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नायिका झरना थापा अचेल सांकेतिक भाषा सिक्नमा व्यस्त छिन् । उनको 'रुटिन' मा प्रत्येक दिउँसो ११ बजेदेखि एक घन्टा सांकेतिक भाषा प्रशिक्षणका लागि समय थपिएको छ । केही दिनदेखि उनी नियमित ११ बजे काठमाडौं बहिरा संघमा पुग्ने गरेकी छिन् । त्यहाँ उनले बहिराहरूसँगै बसेर सांकेतिक भाषा सिक्ने गरेकी छिन् । मंगलबार दिउँसो बहिरा संघको कक्षाकोठामा एक 'इन्टरप्रेटर' र केही बहिरासँग सांकेतिक भाषा 'प्राक्टिस' गर्नमा मग्न थिइन् । उनी संकेत गर्दै थिइन्, 'मेरो भन्नु तिमी... मात्र तिमी हौ ।' झरनालाई सांकेतिक भाषा सिक्न किन परेको होला ? सांकेतिक भाषामै बताउने प्रयास गर्दै झरनाले खितितिति हाँस्दै भनिन्, 'नयाँ फिल्म तिमी मात्र तिमी..मा म बोल्न नसक्ने केटीको रोलमा अभिनय गर्दैछु । त्यसैका लागि सांकेतिक भाषा सिक्ने प्रयासमा लागेकी छु ।' झरनाले यति भनी नसक्दै उनको छेवैमा रहेका निर्देशक योगेश घिमिरे बोलिहाले, 'मेरो फिल्ममा झरनाको डाइलग छैन । उहाँ सुन्न सक्नुहुन्छ, तर बोल्न भने सक्नुहुन्न । त्यसकै लागि उहाँलाई प्राक्टिस गराइएको हो ।' आगामी वैशाखदेखि छायांकन सुरु हुने उक्त फिल्म सबलमात्र नभएर बोल्न नसक्ने दर्शकले पनि बुझ्न सकून् भनेर कथामा नयाँपन दिन बहिरी केटीलाई प्रमुख पात्र बनाइएको निर्देशकले बताए । दुई युवाहरू नीरज ढकाल र रिमेश अधिकारीले निर्माण गर्न लागेको उक्त फिल्ममा झरनाबाहेक राजबल्लभ कोइराला र नन्दिता केसीको प्रमुख भूमिका रहने बताइन्छ ।

No comments: