News

Mar 31, 2009

दिसा खुवाउने प्रधानाध्यापिकालाई पक्राउ गर्न सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलित महिलालाई कुटपिट गरी दिसा खुवाउने प्रधानाध्यापिकालाई एक साताभित्र पक्राउ गरी कारबाही गर्न राजनीतिक दल र प्रशासनबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार ६ राजनीतिक दल, प्रशासन तथा आन्दोलनरत संयुक्त दलित विद्यार्थी संघर्ष समितिले सो सहमति गरेका हुन् । अभियुक्तमाथि कारबाही गर्न सहमति जनाउने दलहरूमा माओवादी, कांग्रेस, एमाले, माले, नेकपा एकीकृत र नेपाल सद्भावना छन् । सामान्य प्रशासनमन्त्री पम्फा भुसाल तथा ललितपुर क्षेत्र नं २ का सभासद् वर्षमान पुन अनन्तको रोहबरमा दोषीमाथि कारबाही गर्ने सहमति गरिएको सभासद् विनोद पहाडीले बताए । 'प्रशासन तथा राजनीतिक दलको सक्रियतामा अभियुक्तलाई पक्राउ गर्ने सहमति भएको छ,' पहाडीले भने । आन्दोलनरत संयुक्त दलित विद्यार्थी संघर्ष समितिले पनि एक सातासम्मका लागि धर्ना कार्यक्रम फिर्ता लिएको जनाएको छ ।प्र्रहरीले अभियुक्तलाई समातेर पनि छोडेको बारेमा छानबिन गर्न डिएसपीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले छानबिन गरेपछि अभियुक्तलाई पक्राउ गरी छाड्ने प्रहरीमाथि विभागीय कारबाही गर्ने सहमति भएको छ । ललितपुर प्युटार-७ की दलित महिला कल्लीकुमारी विकलाई स्थानीय गडीभञ्ज्याङ प्राविकी प्रधानाध्यापिका विमला लामाले बोक्सीको आरोप लगाउँदै दिसा कोच्याएकी थिइन् । यसैबीच, अधिकारवादी एवं सरोकारवाला संस्थाले दलित महिलालाई दिसा खुवाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सो घटनाका सम्बन्धमा सोमबार राजधानीमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच गम्भीर छलफल भएको थियो ।

No comments: