News

Mar 20, 2009

आठ जनरलहरूलाई अवकाश दिइएको पत्र दिइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षा मन्त्रालयले नेपाली सेनाका आठ जना सहायकरथीलाई अवकास दिएको बेहोराको पत्र बिहीबार जंगी अड्डालाई पठाएको छ । सोमबारदेखि म्याद सकिएका सहायकरथीलाई मन्त्रालयले तीन दिनपछि अवकाश दिइएको पत्र पठाएको हो । 'बिहीबार (आज) पौने पाँच बजे जंगी अड्डामा आठ जनरलहरूलाई अवकाश दिइएको पत्र दिएका छौँ,' रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले नयाँ पत्रिकासँग भने । सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीले भने पत्र आए/नआएको विषयमा आफूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए । म्याद नथपिएर पनि सादा पोसाकमा कार्यालय जाँदै गरेका सहायकरथी पवनबहादुर पाण्डे, प्रदीपविक्रम राणा, राजुप्रताप केसी, शिव पौडेल, रमेश विष्ट, नरेन्द्रबहादुर रावल, नरबहादुर कँडेल र कुमार बुढाथोकीलाई अब कार्यालय जाने बाटो बन्द भएको छ ।

No comments: