News

Mar 28, 2009

लिम्बुवान सांस्कृतिक मेला तथा चलचित्र महोत्सव हुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं/ विभिन्न संघसंस्थाले आफ्ना फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव गरिरहेको वेलामा लिम्बुवान राष्ट्रिय चलचित्रकर्मी संघले पनि महोत्सव आयोजना गर्ने भएको छ । २० देखि ३० वैशाखसम्म लिम्बुवान क्षेत्रमा लिम्बुवान सांस्कृतिक मेला तथा चलचित्र महोत्सव हुन गइरहेको अध्यक्ष सुरज सुब्बाले बताए । सबै जातजाति, भाषा, संस्कृति र मौलिकता बोकेका चलचित्र महोत्सवमा सहभागी हुने भएका छन् भने सहभागी फिल्म चलचित्र जाँचपास समितिबाट सेन्सर भएको हुनुपर्नेछ । महोत्सवमा सहभागी फिल्मले निर्देशन, कथा, पटकथा लगायत २९ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

No comments: