News

Mar 30, 2009

सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ सारियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेनाका ८ जना सहायक रथीको पदावधि नथप्ने सरकारी निर्णयको कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ सोमबारपनि सरेको छ । न्यायाधीशद्वय अनुपराज शर्मा र प्रकाश वस्तीको संयुक्त इजलासमा सोमबार सुनुवाई हुने तय भएपनि पुनः प्रविधिक जटिलता उत्पन्न भएपछि सुनुवाइलाई अर्को बेन्चमा सारिएको हो ।न्यायाधीश वस्तीले यसअघि यस्तै प्रकृतिको मुद्धाको बहस गरेकाले सुनुवाइ गर्दा पूर्वाग्रही हुनसक्ने भएकाले बेन्च परिवर्तन गरिएको सर्वोच्चले जनाएको छ । यसअघि आइतबार न्यायाधीश मिनबहादुर रायमाझीले २ बर्षअघि सोही प्रकृतिको मुद्धामा सेनाका अवकास प्राप्त उपरथी प्रदिपप्रताप बम मल्ललाई बहाली गर्ने आदेश दिएको भन्दै बेन्च परिवर्तन गरिएको थियो ।सहायक रथीहरूलाई अवकास दिने सरकारी निर्णय कार्यान्वयन नर्गन सर्वोच्चले अन्तरिम आदेश दिएपछि रक्षा मन्त्रालयले गत बुधबार उक्त आदेश खारेजीको माग गर्दै निवेदन दायर गरेको थियो । सर्वोच्चको आदेशपछि आठै जना सहायक रथी काममा फर्किसकेका छन् ।

No comments: