News

Mar 29, 2009

सेना समायोजन प्राविधिक समितिको समयसीमा बढाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समिति अन्तर्गतको प्राविधिक समितिले आफ्नो समयसीमा बढाउन विशेष समितिलाई सुझाव दिएको छ । प्राविधिक समितिको आइतबार बसेको पहिलो बैठकले हतारमा निर्णय गरिए त्यसले दीर्घकालीन असर पार्ने भन्दै समयसीमा बढाउन माग गरेको हो । यसअघि विशेष समितिले तीन महिनाभित्र सेना समायोजन तथा पूर्नस्थापना गर्नुपर्ने समयसीमा सहितको निर्देशन प्राविधिक समितिलाई दिएको थियो । प्राविधिक समितिले विशेष समितिका सदस्यले पाए अनुसारको सेवा सुविधा, यस अघि सरकार र माओवादीबीच भएको सेना समायोजन सम्बन्धी सम्झौताका कागजपत्र उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको प्राविधिक समितिका एक सदस्यले जानकारी दिए ।

No comments: