News

Mar 28, 2009

दिसा खुवाउने महिलालाई कानुनी कारबाही माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं/ दलित महिलालाई बोक्सीको आरोप लगाई दिसा खुवाउने ललितपुर प्युटार-७ की प्रधानाध्यापिका विमला लामामाथि कानुनी कारबाही अघि बढाउन राष्ट्रिय महिला अयोगले सरकारसँग माग गरेको छ । पीडित महिलालाई दिइएको यातना बर्बर र मानवता विरोधी भएको भन्दै दोषी महिलालाई जागिरबाट बर्खास्त गर्नुपर्ने आयोगले जनाएको छ ।राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगकी सदस्य धनकुमारी सुनारले यत्तिका दिनसम्म दोषी पक्राउ नगरिएकोमा रोष प्रकट गरिन् । घटनापछि पीडितको अवस्था बुझ्न घटनास्थल पुगेका सञ्चारकर्मी तथा अधिकारकर्मी र प्रहरीमाथि भएको दुव्र्यवहार राज्यलाई नै चुनौती भएको उनको भनाइ थियो । 'पीडकलाई गाउँलेले नै संरक्षण गरी प्रतिकारमा उत्रिएका छन्, यो राज्यलाई नै चुनौती हो,' सुनारले भनिन् । दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन उनले सरकारसँग आग्रह गरिन् ।

No comments: