News

Mar 23, 2009

बम विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय सोमबार मध्यान्ह सवा एक बजेतिर बम विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिष्फोटका बेला कार्यालयभित्र ठूलो संख्यामा सेवाग्राहीहरु थिए ।
बिष्फोटबाट कार्यालयपछाडिका कोठाहरु, एउटा मोटरसाईकल र साईकलमा क्षति पुगेको छ । कार्यालयको पछाडिपट्टीको ढोका छेउ सो बिष्फोटन भएको थियो । बिष्फोटबाट मृत्युभएका व्याक्तिको हात र खुट्टा क्षत-विच्छेद छ । निलो आकाशे रंगको सर्ट र पाइन्ट लगाएका ती व्याक्तिको शव भत्केको ढोकाको फलेकमा घोप्टो परेको छ । मृतक कार्यालयका कर्मचारी र सेवाग्राही नरहेको कार्यालयले जनाएको छ । बिष्फोट गराउने क्रममा उनको मृत्युभएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

No comments: