News

Mar 31, 2009

खेलाडी धनका लागि पेरिस सहरमा नांगो रूपमा प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खेलाडीलाई आपनो उत्पादनको विज्ञापनमा खेलाउने उत्सुकता विश्वका धेरै संस्थाले बोकेका हुन्छन् । मनग्य धन आर्जन गर्ने अवसरका रूपमा लिन्छन् खेलाडी पनि विज्ञापनलाई । तर, धनका लागि पेरिस जस्तो व्यस्त सहरमा नांगो रूपमा प्रस्तुत हुन पनि पछि परेनन् पोलभोल्टका एक खेलाडी । फ्रान्सेली पोलभोल्टर रोमान मेस्निल प्रायोजक सम्झौताका लागि त्यसरी व्यस्त सहरमा नांगो स्वरूपमा प्रस्तुत भएका हुन् । पोलभोल्टका साथ नांगै पेरिस सहर घुमेको भिडियो उनले इन्टरनेटमा पनि 'पोस्ट' गरेका छन् । २००७ मा ओसाकामा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा रजत पदक जितेका खेलाडी हुन् ३१ वर्षीय मेस्निल । विश्व च्याम्पियनसिपमा पदक जितेपछि उनीसँग विश्वप्रसिद्ध खेलकुद सामग्री उत्पादक नाइकले सम्झौता गरेको थियो । त्यो सम्झौता गत वर्ष समाप्त भयो । त्यसपछि नाइक उनीसँगको सम्झौता पुनर्विचार गर्न तयार भएन । उनले विश्व आर्थिक मन्दीका कारण बजेट अभावले पुनः सम्झौता नगरिएको हुनसक्ने बताए । नाइकसँगको सम्झौता समाप्तिपछि अन्य कम्पनीलाई आकषिर्त गर्ने उनको शैली अचम्मको छ । यद्यपि, अब नयाँ कम्पनीले आफूसँग सम्झौता गर्नेमा मेस्निल ढुक्क छन् । नांगो प्रदर्शनपछि दुई च्यारिटीका लागि रकम संकलन गर्ने योजना पनि बुनेका छन् उनले ।

No comments: