News

Mar 31, 2009

त्रिवीमा अनेरास्ववियु क्रान्तिकारी विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कीर्तिपुर स्थित केन्द्रीय क्याम्पसमा स्ववियु सभापति सहित अधिकांश पदमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएको छ । सभापतिमा क्रान्तिकारीका हिमाल शर्मा निर्वाचित भएका छन् ।७ हजार ७ सय मत खंसेकोमा शर्माले प्रतिद्वन्दी भन्दा झण्डै साढे ४ सय मत बढी प्राप्त प्राप्त गरी विजयी भएका हुन् । सह-सचिव र एउटा सदस्य भने नेवसंघले जितेको छ । केन्द्रीय क्याम्पसमा गत चैत्र ६ गते निर्वाचन भएपनि पटक-पटकको अवरोधपछि सोमबार रातिबाट मतगणना सुचारु भएको थियो । यसअघि,राजधानीको रत्नराज्यलक्ष्मी र ल क्याम्पसमा सोमबार भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । ल क्याम्पसमा गुणराज आचार्यको प्यानल तथा रत्नराज्यमा राजकुमार राईको प्यानलले जितेको हो । पोखराको पृथ्विनारायण क्याम्पसमा पनि अनेरास्ववियु रश्मी आचार्यको प्यानलले जितेको छ । गत चैत्र ६ गते निर्वाचन सम्पन्न भएको पिएन क्याम्पसमा विवादका कारण मतगणना स्थगित भएको थियो । भने आरआर तथा ल क्याम्पसमा निर्वाचन नै हुन सकेको थिएन । सोमबार नै निर्वाचन भएको पद्यमकन्या क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ ।

No comments: