News

Mar 21, 2009

श्रम तथा यातायातमन्त्री आफै छड्के जाँचमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारद्वारा केहि समय अगाडि निर्धारण गरिएको भाडा दर याताव्यवसायी र सवारी साधानले लागु नगरेपछि श्रम तथा यातायातमन्त्री आफै छड्के जाँचमा निस्कनु भएको छ यसैक्रममा श्रम तथा यातायातमन्त्री लेखराज भट्टले शुक्रबार आँबुखैरेनीमा दिउँसो पृथ्वी राजमार्गमा सञ्चालित सवारी साधनमा सरकारद्वारा निर्धारित भाडादरको छड्के जाँच गर्नुभयो ।मन्त्री भट्टले १५ मिनेटसम्म उक्त चल्ने सवारी साधनमा छड्के जाँच गर्नुभएको थियो । सो अवसरमा मन्त्री भट्टले सवारी साधनहरूको इजाजत पत्र तथा यात्रुहरूको टिकट नै मागेर भाडाबारे जानकारी लिनु भएको थियो । छड्के जाँचका क्रममा सरकारद्वारा निर्धारित सार्वजनिक सवारी साधनमा भाडादर ठीक ढङ्गबाट लागु नगर्ने २० वटा सवारी साधनलाई कारबाहीका लागि पठाइएको बताइएको छ । शुक्रबार नै मन्त्री भट्टले चितवनका विभिन्न ठाउँ र नवलपरासीमा समेत पुगेर भाडादरको अनुगमन गर्नुभएको थियो। मन्त्रीले यसअघि उपत्याकाका बिभिन्नस्थानमा आफै उपस्थित भएर छड्के जाँच गरेर बिभिन्न सवारी साधनलाई कारबाहीको लागि सिफारिस गर्नु भएको थियो ।

No comments: