News

Mar 23, 2009

काठमाडौंमा फिल्म चलाउने दुई हिरोइनको होडवाजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंमा फिल्म चलाउने विषयमा दुई हिरोइन रेखा थापा र झरना थापाको भालेभिडन्त सुरु हुने भएको छ । दुवै हिरोइन आउँदो साता काठमाडौंमा आफ्नो फिल्म चल्ने जानकारी दिँदै हिँडेका छन्, 'आउँदो शुक्रबार मेरो फिल्म 'तकदिर' काठमाडौंमा लाग्छ,' झरनाले लिम्वूवान डट व्लगस्पोट डटकमसँग कुरा गर्दै भनिन् । त्यसो त रेखाको पनि भनाइ त्यस्तै छ, 'अब काठमाडौंमा प्रदर्शन हुने पालो मेरो फिल्मको हो शुक्रबारदेखि प्रदर्शन सुरु हुन्छ ।' कुन फिल्मले पहिले पालो पाउने हो, निर्णय हलवालाका हातमा छ । दुवै हिरोइनले आफ्नो फिल्म लाग्नुपर्ने अडान राखेपछि हलवाला पनि अनावश्यक तनाव व्यहोर्न बाध्य छन् । 'हाम्रो उद्देश्य त दुवैलाई खुसी बनाएर लैजाऔँ भन्ने थियो, तर दुवैको अडान एउटै भएपछि एउटी रिसाउने भइन्,' एकजना हल सञ्चालकले भने । रेखा थापाको 'हिम्मत' र झरनाले बनाएको 'तकदिर' दुवै मोफसलमा प्रदर्शन भइसकेका फिल्म हुन् । पालो प्रणालीअनुरूप हिम्मतपछि तकदिर प्रदर्शन हुनुपथ्र्यो । पुरानो सम्झौताअनुसार दुई साताअघि नै काठमाडौंमा हिम्मत प्रदर्शन गर्नुपर्ने थियो । हिम्मतका निर्माताले व्यापारका लागि गतिलो मौसम भएन भन्दै तोकिएको समयमा फिल्म प्रदर्शन गरेका थिएनन् । केही हलले आउँदो शुक्रबारदेखि तकदिर प्रदर्शन गर्न यसका निर्मातासँग सहमति गरिसकेका छन् भने केही हल मालिकले रेखालाई पनि फिल्म चलाउने मौखिक आश्वासन दिएका छन् ।

No comments: