News

Mar 30, 2009

महिलाले करिअर भन्दा परिवारलाई प्राथमिकता दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परिवार ठूलो कि करिअर ? महिलामाथि सधैं यस्तै प्रश्न तेर्सिन्छन् । संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले आफ्नो जागिर छोडेर पतिको चुनाव अभियानमा लागेको कतिपय नारीवादी व्यक्तिलाई मन परेन । करिअरभन्दा परिवार र पतिको मानलाई सर्वोपरि ठानेकोमा एक जमातले उनको आलोचना पनि गरे । तर, मिसेलले आफ्नो लागि परिवार, सन्तान अगाडि आउने बताइन् । प्रथम महिला मिसेल मात्र होइन, करिअर र परिवारको प्राथमिकताबारे धेरै महिला अन्योलग्रस्त नै छन् । महत्त्वाकांक्षी कामकाजी महिलाहरू पनि ३० वर्षको छेउछाउ पुग्न थालेपछि करिअरभन्दा परिवारलाई महत्त्व दिने गरेको इले म्यागेजिनले गरेको एक सर्वेक्षेणले देखाएको छ । बेलायतमा गरिएको यस सर्वेक्षेणअनुसार सन् १९७९ मा जन्मिएका महिलाहरूको प्राथमिकता रोजेको पुरुषसँग बिहे गरेर परिवार बसाउनुरहेको छ । यो सर्वेक्षण ३० वर्ष पुग्न लागेका १८ सय महिलामा गरिएको हो । सर्वेक्षेणमा ७० प्रतिशत महिलाले आफ्नो उमेर परिवारलाई जीवन सुरु गर्ने उपयुक्त समय भएको बताए । ८० प्रतिशत महिलाले ३० वर्ष बिहे गर्ने उपयुक्त उमेर भएको उल्लेख गरे । प्रेमलाई अधिकांश महिलाले प्राथमिकतामा राखे । केही दशकअगाडि गरिएको सर्वेक्षणमा ३० वर्षको उमेरका महिलाले परिवारभन्दा करिअरलाई प्राथमिकता दिएका थिए ।

No comments: