News

Mar 20, 2009

हङकङ पुलिसको गोलीबाट दिलबहादुर लिम्बूको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
पुलिसको गोली प्रहारबाट मारिने व्यक्तिको परिचय भर्खरै पुलिसबाट सार्वजनिक गरिएको छ । सन् २००६मा पुलिसले कुनै आरोपमा समातेको व्यक्ति दिलबहादुर लिम्बू नै गत सोमबार पुलिसको गोली प्रहारबाट मारिने व्यक्ति रहेको फिङ्गर प्रिन्ट्सको आधारमा पत्ता लागेको छ । निज मृतक लिम्बूको राई थरी श्रीमती नेपालमै रहेको र निजको एकजना भाइ वा दाइ यहाँ हङकङमा नै रहेको सोही खबरको साथै थाहा लागेको कुरा नेपाली महावाणिज्यदूतावासबाट जानकारी गराइएको छ । हङकङमा विभिन्न ब्लगहरुमा तातो वहसको रुपमा रहेको यस काण्डलाई ठूलो संख्यामा पुलिसबाट उक्त समयमा गोली प्रहार गरिनू र सोही प्रहारबाट लिम्बूको ज्यान जानूलाई पुलिसले अत्यधिक रुपमा शक्तिको प्रयोग गरेको ठम्याइएको छ । युनिफर्म लगाएको पुलिसलाई आई डी मागेकै आधारमा कुर्ची उचालेर हान्ने व्यक्तिको मानसिक अवस्था ठीक नभएको हुनसक्ने जानकारहरुको राय एक फोरममा राखिएको छ र त्यस व्यक्तिको त्यस किसिमको कार्यलाई एघार वर्ष लगातार पुलिस फोर्समा अनुशासित पुलिसको रुपमा जानिएको पुलिसले पागलपनको रुपमा बुझ्न र सोहीअनुसार प्रतिक्रियास्वरुप एक्सन लिन सक्ने आधारलाई सामान्य मान्न सकिन्छ भन्दै दुई मीटरको दुरीबाट ‘रिइन्फोर्समेन्ट’लाई नफर्की सीधा टाउकोमै गोली हानिएकोलाई सरासर गलत मानिएको छ । यही आधारलाई मध्येनजर राखेर नेपाली दूतावास या नेपाली समुदायबाट गम्भीर आपत्तिको सार्वजनिक रुपमा व्यक्त गरिनुलाई यो अवस्थामा अत्यन्तै जायज ठानिएको छ ।तेह्रथुम, श्रीजङ्ग गाबिस निवासी मृतक हरिबहादुर लिम्बूको परिवार हाल सैनिक चोक धरान -१० बस्ने बाबा धर्मध्वज लिम्बू, आमा रनमाया लिम्बू र श्रीमती सोनी राई (साथमा एक छोरो) भएको थाहा लागेको छ भने, मृतकको भाइ रामकुमार लिम्बू ब्रिटिश सेनामा भर्ती हुनको लागि हाल यूकेमा रहेको जनकारी गराउने महासंघका अध्यक्ष हेम लिम्बूबाट भोलि शनिबार बेलुका, जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टमा नेपाली समुदायबीच आयन्दा कस्तो किसिमले प्रकृयाहरु च्लाउने भनेर छलफल गर्नको लागि सबैसँग आग्रह गरिएको यसै समाचारमा जानकारी दिलाइएको छ ।

No comments: