News

Mar 28, 2009

नेकपा एमाले सरकारबाट बाहिरिने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले कुर्सीमा बस्न मात्र सरकारमा नगएकोले माओवादीले आफ्ना गलत क्रियाकलाप नसच्याए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले माओवादीले व्यक्ति हत्याको श्रृंखला बढाउदै गए अन्तत आफ्नै पार्टीको हत्या हुने चेतावनी दिए । एमालले पटक पटक सुध्रन गरेको आग्रह तोड्दै माओवादीले आफू लगायत विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुको हत्या गरीरहेको बताउदै उनले भने-'अहिले माओवादीले अन्य दल र जनताको शान्तिको चाहना र लोकतान्त्रिक भावना विरुद्ध उत्रेर हत्याको श्रंखला बढाएको छ । यसले केही समय अरुले क्षति व्यहोर्नु परेपनि अन्तत उसले आफ्नै पाटीको हत्या गर्ने छ ।' युथफोर्स रुपन्देही सदस्य प्रचण्ड थैवको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष खनालले सरकारको नेतृत्व सम्हालेको माओवादीले शिविरमा राखेका मान्छेलाई प्रयोग गरेर हत्या हिंसा कायम राखेको आरोप लगाए । 'सरकारमा बस्ने र लोकतान्त्रिक मान्यतामा पनि बस्छु भन्ने माओवादीले कुरा एउटा र काम अर्को गरेको बताउदै उनले भने-'सधैभरी हिंसात्मक फासिष्ट र गुण्डागर्दी ढंगले सरकार चल्दैन । देश लोकतान्त्रीक मान्यतामा र शान्ति प्रक्रियामा पनि जाँदैन ।' उनले माओवादीलाई गम्भीर हुन सुझाव दिए ।

No comments: