News

Mar 26, 2009

लिम्बुवान तीन कार्यकर्तालाई राज्यद्रोहको अभियोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय एकता र अखण्डतामाथि आँच आउने क्रियाकलापमा संलग्न भएको आरोपमा सरकारले पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका तीन कार्यकर्तालाई राज्यद्रोहको अभियोग लगाएको छ । झापाको दमकबाट सोमबार पक्राउ परेकामध्ये तीनलाई राज्यद्रोहको अभियोग लगाएर मुद्दा चलाउने तयारी भएको हो । इलाम बाँझो-९ बस्ने मनाहाङ भनिने २५ वर्षीय मानप्रसाद आङबोहाङ, मोरङ पथरी-८ बस्ने ३५ वर्षीय विनयकुमार फागो र टाँडी-२ बस्ने २५ वर्षीय टेकहाङ साङ्मीमाथि राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउन लागिएको झापाका प्रहरी प्रमुख विजयराज भट्टले बताए । आङबोहाङ मञ्चका केन्द्रीय सदस्य हुन् ।उनीहरूलाई राज्यविरुद्धको अपराध र सजाय ऐनअन्तर्गत झापा जिल्ला अदालतमा मुद्दा दायरका लागि मंगलबार साँझ म्याद थप गरी पेस गरिएको छ । उनीहरूसँग बुधबारदेखि बयान सुरु गरिने प्रहरीले जनाएको छ । मञ्चका अन्य २३ जना कार्यकर्तालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ ।

No comments: