News

Mar 26, 2009

गोरखा भूपू भिसासम्बन्धी नीति ल्याउन बेलायत सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा भूतपूव सैनिकहरुको आवासीय भिसासम्बन्धी नीति तीन हप्ताभित्र ल्याउन बेलायत सहमत भएको छ। बेलायती उच्च अदालतमा गोरखाहरुको आवासीय भिसासम्बन्धी नीति ल्याउन बेलायतले गरिरहेको ढिलाइका बारेमा पेस भएको मुद्दाको बिहीबार भएको सुनुवाइपछि न्यायाधीश ब्लेकले बेलायती गृह मन्त्रालय आगामी तीन हप्ताभित्र सो नीति ल्याउन राजी भएको बताउनुभएको छ। गोरखा भूतपूव सैनिकहरुले गत सेक्टेम्बर ३० मा बेलायतमा आवासीय भिसाको मुद्दा जितेका थिए।

No comments: