News

Mar 25, 2009

नयाँ पात्रोबारे मन्त्रालय र पञ्चाङ्गबीच विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ वर्ष २०६६ शुरु हुन केही दिनमात्र बाँकी रहँदा संस्कृति मन्त्रालय तथा पञ्चाङ्ग निर्णायक समिति आगामी वर्ष कति महिनाको हुनुपर्छ भन्नेमा अझै एकमत हुन सकेका छैनन्। केही समय अगाडि मन्त्रिपरिषदले ऋतु मिलान गर्न भन्दै २०६६ सालबाट चैत हटाएर एघार महिनाको गराउन गरेको निर्णयप्रति मन्त्रालय अडिग छ।तर पात्रो निर्माणदेखि लिएर सम्पूर्ण तिथिमिति तोक्ने जिम्मा पाएको पञ्चाङ्ग निर्णायक समितिले बाह्रै महिनाको पात्रो बनाउने निर्णय गरिसकेको छ।सरकारकै अंग भएपनि स्वायत्त संस्थाको रुपमा रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष माधव भट्टराईले भने, “हामीले बाह्रै महिनाको पात्रो बनाइसकेका छौं।पात्रो केही दिनमै बजारमा आउने छन्।”पञ्चाङ्गको निर्णयप्रति असन्तुष्ट संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयले त्यो निर्णय पुनर्विचार गर्न आग्रह गर्ने भएको अधिकारीहरुको भनाइ छ।मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठका अनुसार पञ्चाङ्गलाई एघार महिनाको वर्ष बनाउन अनुरोध गर्दै पत्र लेखिनेछ।पञ्चाङ्गका अधिकारीहरु भने कुनैपनि हालतमा वर्ष छोट्टयाउन नमिल्ने तर्क गर्छन्।अध्यक्ष भट्टराईका अनुसार सरकारको अंग भएको नाताले अन्य निर्देशन पालना गर्न समितिलाई आपत्ती छैन।“तर शास्त्रको विषयमा हामीले सम्झौता गर्ने ठाउँ छैन,” उनले भने।केही समय अगाडि गृह मन्त्रालयले २०६६ सालको निम्ति बाह्रै महिनाको पर्व विदा तथा राष्ट्रिय विदाको सूची निकालेपछि यो विषयमा सरकारभित्रैबाटै परस्पर विपरित निर्णय भएको देखिएको छ।यसरी चर्को विवादमा परेको २०६६ साल कस्तो छ त? सो सालको पात्रो तयार गरेको पञ्चाङ्ग समितिका अध्यक्ष भट्टराईका अनुसार नयाँ वर्षको साउन सात गते खग्रास सूर्यग्रहण परेको छ भने पुष १६ र माघ १ को पन्ध्र दिनभित्र चन्द्र र सूर्य गरी दुईवटा ग्रहण पनि परेको छ।नयाँ वर्ष २०६६ आउन केवल बीस दिनमात्रै बाँकी छ।यतिञ्जेलसम्म सो सालको पात्रोबारे विवाद जारी रहँदा नयाँ सालमा हुने चाडपर्व, विवाह, व्रतबन्धको तिथिमितिबारे आम मानिसहरुबीच अझै अन्योल कायम छ।

No comments: