News

Mar 27, 2009

एमालेले पार्टीका मन्त्रीहरु बैठकमा भाग नलिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत र बुटवलमा कार्यकर्ता हत्या गर्नेहरुलाई सरकारले कारवाही नगरेसम्म एमालेले पार्टीका मन्त्रीहरु मन्त्रीपरिषद बैठकमा भाग नलिने निर्णय गरेको छ । बुटवलमा चैत १३ गते राती युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवमाथि गोली प्रहार गर्ने वाईसीएल रुपन्देहीका अध्यक्ष सुजितमाथि कारवाही नगरेसम्म एमालेका मन्त्रीहरुले मन्त्रीपरिषद बैठकमा भाग नलिने भएका छन् । चैत १४ गते पार्टी केन्द्रीय कमिटीको बैठकबाट एमालेले यस्तो निर्णय गरेको हो । दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्दै एमालेले बुटवलमा आफ्ना कार्यकर्ताको हत्या भएको बिरुद्ध चैत १५ गते देशब्यापी प्रदर्शन गर्ने पनि घोषणा गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालद्वारा प्रकाशित बिज्ञप्तीमा फागुन २६ गते सुर्खेतमा मारिएका पार्टीका कार्यकर्ता राजबहादुर मल्ल र थैवलाई सरकारले शहीद घोषणा गर्नुपर्ने तथा हत्यारालाई कारवाही हुनुपर्ने माग उल्लेखित ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने पनि उल्लेख छ । 'माओवादीका यस्तै गतिविधी रहने हो भने हामीले सरकारमा रहनेबारे पनि पुनर्बिचार गर्नुपर्छ' बिज्ञप्तीमा भनिएको छ ।

No comments: