News

Mar 30, 2009

एकै दिनमा ४ जनाले झुन्डिएर आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंका ४ छुट्टाछुट्टै स्थानमा ४ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। शनिबार एकै दिन भएको सो घटनामा एक महिला र तीन पुरुषको मृत्यु भएको छ।ओखलढुंगा जिल्ला घर भई काठमाडौंको कपन-३ बस्दै अँएका ४० वर्षीय कुलहरि दाहालले घरनजिकैको किम्बुको रुखमा झुन्डिएर आत्महत्या गरेका छन्। शनिबार दिउँसो २ बजे उनले आत्महत्या गरेका थिए। त्यस्तै काठमाडौंको नागार्जुन जंगलमा ६० वषीय पुरुषले आत्महत्या गरेका छन्। रसुवा घर भएका इन्द्रबहादुर विकको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। सुन्दरीजल-४ मूलखर्क बस्ने २२ वर्षीया प्रेरणा तामाङले शिवपुरी जंगलको रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन्। शनिबार दिउँसो ३ बजे सलको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। सोही दिन साँझ करिब ६ बजे काठमाडौंको मुड्खुस्थित रानीवनमा एक पुरुषलाई झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। हालसम्म नाम, थर, वतन नखुलेका ती पुरुषले रुखमा डोरीले बाँधी आत्महत्या गरेका थिए। सबै घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

No comments: