News

Mar 26, 2009

अमेरिकाले आक्रमणको नयाँ योजना बनायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ पाकिस्तान तथा अफगानिस्तानको आदिवासी क्षेत्रमा सक्रिय चरमपन्थीलाई ठेगान लगाउन अमेरिकाले आक्रमणको नयाँ योजना बनाएको छ । प्रख्यात अमेरिकी समाचारपत्र वालस्टि्रट जर्नलका अनुसार मानवरहित विमानबाट ती स्थानमा आक्रमणको तयारी भइरहेको छ । अमेरिकी सुरक्षा अधिकारीले मानवरहित विमानबाट भएका कारबाहीको पुनरावलोकनका साथै त्यसलाई निरन्तरता दिने सम्बन्धमा सहमति जनाएका बताइएको छ । सरकारले सुरक्षा रणनीतिमा परिवर्तन गर्नुका साथै उक्त कार्यक्रमको गति र नीतिमा पनि केही फेरबदल गरेको जनाइएको छ । यसैबीच, उत्तरी बजिरिस्तानमा मानवरहित अमेरिकी विमानले गरेको आक्रमणमा चारजनाको ज्यान गएको छ । मारिएका चारैजना आदिवासी चरमपन्थी भएको बताइए तापनि उनीहरू कुन देशका नागरिक थिए भन्नेबारे केही उल्लेख गरिएको छैन । दक्षिणी बजिरिस्तानमा बुधबार गरिएको कारबाहीमा अन्तर्राष्ट्रिय आतंकवादी संजाल अलकायदाका सातजना मारिएका थिए ।

No comments: